७ आश्विन २०८३, बुधबार | September 23, 2026

अल्पमतमा परेका पोखरेलको सपथ रोक्न प्रदेश प्रमुख कार्यालयमा विपक्षीहरुको धर्ना (फोटो फिचर)



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले अल्पमतमा परिसकेका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि पोखरेल विरुद्धको बहुमत गठबन्धन यतिबेला सपथग्रहण रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका तीनीहरु सपथ ग्रहण रोक्न माग गर्दै कार्यालय परिषरको बाहिर धर्ना बसेका हुन् ।

दाङबाट उप निर्वाचनमा नेकपाको तर्फबाट निर्वाचित सांसद विमला वली माओवादी केन्द्रमा खुलेकी र सुर्य चिन्ह लिएर स्वतन्त्र हैसियतमा निर्वाचन लडेका कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले मुख्यमन्त्री पोखरेललाई दिएको समर्थन फिर्ता लिँदै विपक्षी गठबन्धनलाई समर्थन गरेपछि पोखरेल स्पष्ट अल्पमतमा परेका छन् ।

प्रदेशसभामा बीपक्षी गठबन्धनमा ४३ जना सांसद पुगेका उनीहरुले दाबी गरेका छन् । सभामा बहुमतका लागि ४१ जना सांसद भए बहुमत पुग्ने अवस्थामा विपक्षी गठबन्धनसँग ४३ सांसद पुगेको हो ।

विपक्षी गठबन्धनमा बहुमत संख्या हुँदाहुँदै नियुक्त गरिएका मुख्यमन्त्री पोखरेललाई खुवाउन गसरएको शपथ ग्रहणको कार्यक्रम रोक्न विपक्षीहरुले माग गरेका छन् ।

फोटो फिचर

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : ०१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११