बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले अल्पमतमा परिसकेका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि पोखरेल विरुद्धको बहुमत गठबन्धन यतिबेला सपथग्रहण रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका छन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका तीनीहरु सपथ ग्रहण रोक्न माग गर्दै कार्यालय परिषरको बाहिर धर्ना बसेका हुन् ।
दाङबाट उप निर्वाचनमा नेकपाको तर्फबाट निर्वाचित सांसद विमला वली माओवादी केन्द्रमा खुलेकी र सुर्य चिन्ह लिएर स्वतन्त्र हैसियतमा निर्वाचन लडेका कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले मुख्यमन्त्री पोखरेललाई दिएको समर्थन फिर्ता लिँदै विपक्षी गठबन्धनलाई समर्थन गरेपछि पोखरेल स्पष्ट अल्पमतमा परेका छन् ।
प्रदेशसभामा बीपक्षी गठबन्धनमा ४३ जना सांसद पुगेका उनीहरुले दाबी गरेका छन् । सभामा बहुमतका लागि ४१ जना सांसद भए बहुमत पुग्ने अवस्थामा विपक्षी गठबन्धनसँग ४३ सांसद पुगेको हो ।
विपक्षी गठबन्धनमा बहुमत संख्या हुँदाहुँदै नियुक्त गरिएका मुख्यमन्त्री पोखरेललाई खुवाउन गसरएको शपथ ग्रहणको कार्यक्रम रोक्न विपक्षीहरुले माग गरेका छन् ।
फोटो फिचर
प्रतिक्रिया