काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री ढकाल र उनकी श्रीमतीलाई आज पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । आफुलाई कोरोना पुष्टि भए पनि स्वास्थ्यवस्था भने सामान्य रहेको मन्त्री ढकालले जानकारी दिएका छन् ।
‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ मन्त्री ढकालले फेसबुकमा लेखेका छन, ‘यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।’
केही दिनअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझी र खोनपानी मन्त्री मणि थापालाई पनि कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया