११ बैशाख २०८१, मंगलबार | April 23, 2024

भारतमा ३ लाख ७० हजार नयाँ संक्रमित थपिए, ३ हजार ४ सय भन्दा धेरैको मृत्यु



काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ७० हजारमा संक्रमण भएको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ हजार ४२२ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्ने क्रममा कुल मृतकको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख १९ हजार ३२ जना सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ०० बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको