काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभको अधिवेशन आह्वान भएपछि आवश्यक रणनीति तय गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया