२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सोमबार रातिबाट आन्तरिक उडान र बिहीबार रातिबाट अन्तराष्ट्रिय उडान बन्द, नेपाल-भारतबीच हप्तामा २ उडान कायमै



काठमाडौं । भारतसंगको हवाई उडार बिश्व समुदायका प्राय सबै मुलुकहरुले बन्द गरेका बेला सरकारले भारतसँगको उडानलाई कायम गर्दै अन्य सबै अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना कहरले भयाबह अवस्था सिर्जना गरेको भारतसँग भने सातामा दुई उडान कायम राख्ने निर्णय भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले आज राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बैशाख मसान्त सम्मका लागि बन्द गरिएको छ भने वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । अन्तराष्ट्रि उडान बन्द गर्ने निणय गरिएपनि भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

भारतबाट हवाई उडान हुँदै आउने यात्रुले भने १० दिन क्वारेन्टिनमा बस्नु पर्ने छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ११ बजे

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण