१८ श्रावण २०८३, सोमबार | August 3, 2026

लुम्बिनी प्रदेशका बहुमत सांसदले खारेज गरे मुख्यमन्त्री पोखरेलको नियुक्ति



बुटवल । लुम्बिनी प्रदेशका बहुमत सा‌सदहरुले अल्पमतकाबीच नियुक्त भएका मुख्यमन्त्री शंकर पोखरेलको पद खारेज गरेको घोषणा गरेका छन् ।

उनीहरुले अल्पमतमा रहेका ब्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै हिजो नियुक्ति पाएका शंकर पोखरेललाई मुख्यमन्त्रीकारुपमा अस्विकार गर्ने र अल्पमतका मुख्यमन्त्री पोखरेललाई प्रदेशभर बहिस्कार गर्ने निर्णय समेत गरेका छन् ।

पोखरेल विरुद्धको गठबन्धनले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै अल्पमतका नेता शंकर पोखरेललाइ मुख्यमन्त्री नयुक्ति गरेको र स्वेच्छाचारी कदम चालेको भन्दै प्रदेश प्रमुख धर्मानाथ यादवलाइ बर्खास्त गर्न समेत माग गरेको छन् । उनीहरुले बहुमत सहित भौतिकरुपमा उपस्थित सांसदहरुले मुख्यमन्त्रीको नियुक्ति खारेज, सपथग्रहण स्थगित तथा बहुमत प्राप्त कुल प्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग राख्दै प्रदेश प्रमुख समक्ष निबेदन दर्ता गराएकोमा बल प्रयोग गरेर मुख्यमन्त्रीकै कार्यालय पुगेर सपथ खुवाएको प्रति आपत्ती समेत प्रकट गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीयदलका नेता कुलप्रसाद केसी सोनामले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई कुनैपनि मानेमा स्विकार गर्न नसकिने बताए । उनले प्रदेशभर अल्पमतका मुख्यमन्त्रीलाई बहिस्कार गरिने बताउँदै अविश्वासको प्रस्तावको निश्कर्षका लागि बिशेष अधिवेशनको माग समेत गरे ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाका लागि आईतबार प्रदेशसभाबाट राजीनामा दिएका दृघनारायण पाण्डेलाई उम्मेदवार बनाउने गठबन्धनले निर्णय गरेको पत्रकारसम्मेलनमा जानकारी दिईएको छ ।

सो पत्रकार सम्मेलनमा कांग्रेस ,माओबादी ,जसपा र जनमोर्चा गरी चारदलका संसदीय दलका नेता तथा सांसद सहभागि थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : १८ बजे

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि