१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कोरोना संक्रमितको उपचारका लागि नेपाली सेनाको १ हजार बेड तयारी अवस्थामा



काठमाडौं । नेपाली सेनाका आफ्नै कर्मचारी, सेवा निबृत्त सैनीक र तिनका परिवारलाई स्वास्थ्य सेवा दिंदै आएको नेपाली सेनाले अव कोरेनाबाट संक्रमित सर्वसाधारणका लागि पनि स्वास्थ्य सेवा दिने भएको छ । नेपाली सेनाले देशभर रहेका आफ्ना ६ वटा अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि एक हजार बेड संचालनमा आउने गरि तयार गरेको छ ।

नेपाली सेनाका अनुसार वीरेन्द्र सैनिक अस्पताल र तीन वटा क्षेत्रीय स्तरका सैनिक अस्पतालमा २ सयका दरले र अन्य दुई अस्पतालमा एकसयका दरले कोरोना संक्रमितको उपचारका लागि बेड तयार गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार देशवासीको नाममा सम्बोधन गर्दै सेनालाई राजधानी र बाहिर गरी कूल एक हजार बेड तयार गर्न निर्देशन दिए लगत्तै सेनाले एक हजार बेडबाट कोरोना संक्रमितको उपचार गर्ने गरि तयारी थालेको हो ।

सरकारको निर्देशनमा आवश्यकता हेरी जुनसुकै बेला सर्वसाधारणका लागि सेवा दिन सकिने अवस्थामा सेनाले तयारी गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जनाएका छन् ।

वीरेन्द्र सैनिक अस्पताल सहित नेपालगन्ज, पोखरा र इटहरीमा रहेका सेनाका क्षेत्रीय अस्पतालमा २ सयका दरले सर्वसाधारणको लागि बेड उपलब्ध गराउने सेनाको तयारी छ भने धनगढीको बोराडाडी र बर्दिवासमा रहेको सैनिक अस्पतालमा एक–एक सय बेड सर्वसाधारणको लागि उपलब्ध गराउने सेनाको तयारी रहेको जंगी अड्डाले जनाएको छ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ५२ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने