१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना संक्रमितको उपचारका लागि नेपाली सेनाको १ हजार बेड तयारी अवस्थामा



काठमाडौं । नेपाली सेनाका आफ्नै कर्मचारी, सेवा निबृत्त सैनीक र तिनका परिवारलाई स्वास्थ्य सेवा दिंदै आएको नेपाली सेनाले अव कोरेनाबाट संक्रमित सर्वसाधारणका लागि पनि स्वास्थ्य सेवा दिने भएको छ । नेपाली सेनाले देशभर रहेका आफ्ना ६ वटा अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि एक हजार बेड संचालनमा आउने गरि तयार गरेको छ ।

नेपाली सेनाका अनुसार वीरेन्द्र सैनिक अस्पताल र तीन वटा क्षेत्रीय स्तरका सैनिक अस्पतालमा २ सयका दरले र अन्य दुई अस्पतालमा एकसयका दरले कोरोना संक्रमितको उपचारका लागि बेड तयार गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार देशवासीको नाममा सम्बोधन गर्दै सेनालाई राजधानी र बाहिर गरी कूल एक हजार बेड तयार गर्न निर्देशन दिए लगत्तै सेनाले एक हजार बेडबाट कोरोना संक्रमितको उपचार गर्ने गरि तयारी थालेको हो ।

सरकारको निर्देशनमा आवश्यकता हेरी जुनसुकै बेला सर्वसाधारणका लागि सेवा दिन सकिने अवस्थामा सेनाले तयारी गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जनाएका छन् ।

वीरेन्द्र सैनिक अस्पताल सहित नेपालगन्ज, पोखरा र इटहरीमा रहेका सेनाका क्षेत्रीय अस्पतालमा २ सयका दरले सर्वसाधारणको लागि बेड उपलब्ध गराउने सेनाको तयारी छ भने धनगढीको बोराडाडी र बर्दिवासमा रहेको सैनिक अस्पतालमा एक–एक सय बेड सर्वसाधारणको लागि उपलब्ध गराउने सेनाको तयारी रहेको जंगी अड्डाले जनाएको छ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ५२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म