२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

महामारीले ३८३ प्रवासीको मृत्यु, ४५ सय सक्रिय संक्रमित



काठमाडौं । विश्वका विभिन्न कुनामा चार हजार चार सय ९८ जना प्रवासी नेपालीले अहिले कोभिडसँग संघर्ष गरिरहेका छन । महामारी सुरु भएयता ८६ हजार ६ सय ८१ संक्रमित भएका थिए, अहिलेसम्म तीन सय ८३ जनाको ज्यान गएको छ ।

योबीचमा सबैभन्दा बढी प्रवासीको मृत्यु साउदी अरबमा भएको छ, त्यहाँ ९० जनाको ज्यान गएको छ । त्यस्तै, बेलायतमा ८७ जनाको मृत्यु भएको छ । भारतमा ७१, युएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा १८, पोर्चुगलमा चार, मेलेसियामा तीन, बहराइनमा तीन, दक्षिण अफ्रिकामा दुईजनाको मृत्यु भएको गैरआवासीय नेपाली संघको तथ्यांक छ । त्यस्तै, जर्मनी, आयरल्यान्ड, लक्जमबर्ग, स्विडेन, नेदरल्यान्ड, टर्की, केन्या, अल्जेरिया, युगान्डा, इजरायल, यमन, जापान र क्यानडामा एक-एक नेपालीको मृत्यु भएको छ ।

कोभिड-१९ को भयानक संक्रमण झेलिरहेको भारतमा दुई सातामा ३० नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार मे २ (गत आइतबारसम्म) को तथ्यांकअनुसार एक साता मात्रै भारतमा १० जना नेपालीको मृत्यु भएको छ । त्यसभन्दा अघिल्लो साता भारतमा २० नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

गैरआवासीय नेपाली संघका अनुसार भारतमा मात्रै कोरोनाका कारण ७१ नेपालीको मृत्यु भइसकेको छ । एनआरएनको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार अहिलेसम्म भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन्, तीन हजार अहिले पनि संक्रमित छन ।

अहिलेसम्म विदेशमा कोरोना संक्रमणबाट तीन सय ८३ नेपालीको मृत्यु भएको छ । गत साता भारतमा १० बाहेक साउदीमा एक गरी ११ जनाको मृत्यु भएको थियो । एनआरएनको स्वास्थ्य समितिका अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८३ जना नेपालीको कोभिड-१९ का कारणले निधन भएको छ । यो साता मलेसिया, भारत, कुवेत, युएई र साउदी अरेबियामा रहेका थप नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उक्त समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : १२ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ