१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बुटवलमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित कारोना विशेष अस्पतालमा एकैरातमा ४ जना उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४ जनाको फरक फरक समयमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षिय पुरुषको बिहिबार राती १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाकाबीचमा ३ जनाको मृत्यु भएको छ । १९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका ४ की २७ वर्षिया महिलाको बिहान ५ः४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षिया महिलाको बिहान ६ः२५मा मृत्यु भएको छ । त्यसैगरि बिहिबार भर्ना भएकी तिलोत्तमा ४ की ४० वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ३२ बजे

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्