२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद अमरबहादुर डाँगीद्वारा पदबाट राजीनामा



बुटवल । लुम्बिनी प्रदेशसभामा रहेका नेकपा एमालेका अर्का एक सांसदले राजीनामा दिएका छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद अमरबहादुर डाँगी क्षेत्रीले बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका छन् । डाँगीले राजनीनामा पत्र बुझाएको प्रदेसभा सचिव दुर्लभकुमार पुनले बताएका छन् । डाँगीको राजीनामालाई संविधानको धारा १८० (क) बमोजिम सभामुखले स्वीकृतिको प्रक्रियामा लगेका छन् ।

डाँगीले एमालेबाट राजीनामा दिएसँगै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने योजना बनाउका छन् । यसअघि एमालेबाटै निर्वाचित कपिलवस्तुका दृघनारायण पाण्डेले राजीनामा दिइसकेका छन् । उनलाई विपक्षी दलहरुले राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

यस्तै, दाङ क्षेत्र नम्बर ३ (ख) बाट तत्कालिन नेकपा पार्टीबाट निर्वाचित विमला खत्री वली माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छिन् । डाँगीले राजीनामा दिएसँगै एमालेको प्रदेसभा सदस्य संख्या ३८ मा झरेको छ ।

सरकार टिकाउनकै लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जम्बो मन्त्रिपण्डल बनाईरहेका बेला पोखरेलकै गृह जिल्लाका एमाले सांसदहरुले भने पोखरेलको साथ छाड्दै गएका छन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : ३० बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा