७ चैत्र २०८२, शनिबार | March 21, 2026

महामारी मौका छोप्दै कालोबजारी गर्न फेरि कृत्रिम अभाव



काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो ।

यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पु¥याएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय ‘अत्यावश्यक वस्तु’मा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् । ‘दैनिक उपभोग्यदेखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले भने, ‘लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडीलगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमन पनि गर्दै आए पनि ‘प्रभावकारी’ हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष महर्जनको गुनासो छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ठूला व्यापारी ‘मिलेमतो’मा खाद्यवस्तुको मूल्य बढाउने गर्छन् ।

बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त हुँदाहुँदै पनि ‘कृत्रिम अभाव’ सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गर्ने गरेको उनले दाबी गरे । ‘कालोबजारीको संरक्षक नै सरकार भएपछि कसले कारबाही गर्ने ?’ श्रेष्ठ भन्छन्, ‘जसले गर्दा आमसर्वसाधारण सधैं मर्कामा पर्ने गरेका छन् ।’

उता, साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झा चिनी मौज्दात कम हुँदा व्यापारीले त्यसको फाइदा उठाउँदै मूल्य बढाएको हुन सक्ने बताउँछन् ।

‘बजारमा चिनी प्रतिकेजी ९० रुपैयाँ भए पनि साल्ट ट्रेडिङले ७६ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ,’ उनले बुधबार भने, ‘हामीसँग नुन भने आठ महिना पुग्ने पर्याप्त मौज्दात रहेको छ । यसमा चिन्ता नलिन उपभोक्तालाई आग्रह छ ।’ हाल, ट्रेडिङसँग १ लाख ७० हजार मेट्रिक टन नुन मौज्दात छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसी भने बजारमा खाद्यवस्तु पर्याप्त रहेको दाबी गर्छिन् । अहिल्यै दैनिक उपभोग्य वस्तु अभाव भएर मूल्य बढाउनुपर्ने अवस्था नरहेको उनी बताउँछिन् ।

‘बजारमा नुनतेल, चिनी, दाल, गेडागुडी, चामललगायत खाद्यवस्तु पर्याप्त छ, अभाव भएर मूल्य बढाउनु कुनै कारण छैन,’ सहप्रवक्ता केसी भन्छिन्, ‘व्यापारीले चिनीलगायत वस्तुको मूल्य बढाएका छन्, त्यो सरासर कालोबजारी हो ।’

तीन महिनालाई पुग्ने पर्याप्त चिनी बजारमा रहेको केसीको दाबी छ । उनका अनुसार निजी क्षेत्रसँग ५० हजार मेट्रिक टन चिनी छ । भर्खरै उखु क्रसिङ सकिएकाले दैनिक चिनी आयात भइरहेको उनले जानकारी दिइन् ।

उनका अनुसार मंगलबार मात्रै १७ ट्रक चिनी काठमाडौं भित्रिएको छ । साल्ट ट्रेडिङसँग ७ सय १२ मेट्रिक टन चिनी मौज्दात छ । संक्रमणको फाइदा उठाउँदै व्यापारीले कालोबजारी गर्न थालेकाले अनुगमनमा कडाइ गर्नुपर्ने प्रवक्ता केसीको जोड छ ।

३० हजार मेट्रिक टन चिनी आयातका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताइन् । उनका अनुसार अर्थको स्वीकृतिपछि मन्त्रिपरिषद्को सिफारिसमा ३० हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङलाई आयातका लागि अनुमति दिइनेछ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले विभागसँग भएको जनशक्तिअनुसार दैनिक बजार अनुगमन गरिरहेको बताए ।

अनुगमन क्रममा ‘अनुचित’ व्यापार गर्नेलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिरहेको उनले जानकारी दिए । ‘बजारमा भइरहेको कालोबजारी विभाग एक्लोले नियन्त्रण गर्न भने सक्दैन, सम्पूर्ण जिम्मेवार निकाय लागेर मात्रै कालोबजारी नियन्त्रण गर्न सकिन्छ,’ महानिर्देशक पौडेल भन्छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ७ : ०४ बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ