११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

सामान्य अवस्थामा होम आइसोलेसन उत्तम



काठमाडौं । कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ ।

सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।”

अहिले कोरोनाको नयाँ स्वरूप पहिलेभन्दा फरक भएको अनुभव व्यक्त गर्दै उनले अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा अस्पतालमा आउन पनि अनुरोध गरे।

“असजिलो हुँदा अस्पतालमा आउँदा केही बिग्रँदैन तर आफूलाई स्वास्थ्यमा समस्या छैन । कोरोनाको साधारण लक्षण मात्र छ भने घरमा आइसोलेसन नै राम्रो हुन्छ ।

अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुन्छ,” उनको सुझाव छ । उनका अनुसार शय्याको कमी अस्पतालमा छँदै छ तर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउँछ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : १२ बजे

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी