१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना



काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् ।

८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

मदनकृष्णको छातीमा समेत सानो इन्फेक्सन देखिएकाले केही दिन उनलाई अस्पतालमै राखेर उपचार गरिने चिकित्सकले बताएका छन । मदनकृष्णलगायत उनको परिवारका ५ जनामै कोरोना संक्रमण देखिएको थियो ।

यसअघि ८ दिनसम्म अस्पतालमा बसेर घर फर्किएका मदनकृष्णले यो महामारीलाई सामान्य नसोच्न र यसविरुद्ध लड्नका लागि सबैसँग अपिल गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ९ : १६ बजे

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट