२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना



काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् ।

८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

मदनकृष्णको छातीमा समेत सानो इन्फेक्सन देखिएकाले केही दिन उनलाई अस्पतालमै राखेर उपचार गरिने चिकित्सकले बताएका छन । मदनकृष्णलगायत उनको परिवारका ५ जनामै कोरोना संक्रमण देखिएको थियो ।

यसअघि ८ दिनसम्म अस्पतालमा बसेर घर फर्किएका मदनकृष्णले यो महामारीलाई सामान्य नसोच्न र यसविरुद्ध लड्नका लागि सबैसँग अपिल गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ९ : १६ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी