१८ श्रावण २०८३, सोमबार | August 3, 2026

एकैरातमा बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेमा सबैभन्दा बढी नेपालगन्ज उप-महानगरबासी



नेपालगन्ज । मंगलबार र बुधबार मृत्युदरमा केहि कमी आएको देखिएको बाँकेमा बिहिबार बिहानको खबरले पुनः एकपटक झस्काईदिएको छ । बिहिबारको बितेको एकैरातमा बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बेलुका ६ बजेदेखी बिहिबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएको डीसीसीएमसी बाँकेले जनाएको छ । त्यस अवधिमा जिल्ला बाहिरका १ र जिल्ला भित्रका ९ जनाको मृत्यु भएको छ ।

बैशाख १७ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षिय पुरुषको बुधबार बेलुका ६ः१५ बजे मृत्यु भएको भएको थियो । बैशाख १९ गते भेरीमा भर्ना भएकी नेपालगन्ज १० कि ७६ वर्षिय महिलाको बुधबार बेलुका ७ः३० मा मृत्यु भएको थियो ।

त्यसैगरि बुधबार राती ८ बजे भेरी अस्पतालमै उपचाररत नेपालगन्ज १ का ५८ वर्षिय पुरुषको मृत्यु भएको थियो भने त्यसको २० मिनेट पछि नेपालगन्ज १० का २७ वर्षिय युवाको मृत्यु भएको थियो ।

बुधबार बेलुका ७ बजे नै भेरी अस्पतालमै भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षिय महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो भने बेलुका ७ः४० मा कोहलपुर नगरपालिका ५ का ३४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको थियो ।

बैशाख १९ गते भेरीमा भर्ना भएका नेपालगन्ज ४ का ५५ वर्षिय पुरुषको मध्यराती १२ बजे मृत्यु भएको थियो । बिहान १ः४० बजे नेपालगन्ज १० का ७८ वर्षिय पुरुष, बिहान ४ः३० बजे नेपालगन्ज १९ का ७७ वर्षिय पुरुष र बिहान ७ बजे नरैनापुर १ का ५६ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

आज प्राप्त मृत्युको विवरणसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका मध्य १२७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : ०५ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले