७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री निवासमा एमाले स्थायी कमिटी बैठक, के गर्दैछ निर्णय ?



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्न लागेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा विपक्षी दलहरुको रणनीति असफल बनाउने, विश्वासको मत हासिल हुन नसके निर्वाचनमा जाने अवस्थाको सिर्जना कसरी गर्ने, माधव नेपाल पक्षका सांसदहरुलाई के गर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

नेपाल निकट सांसदहरुले सामुहिक राजीनामा दिएको अवस्थामा संसदको संख्या घट्छ । त्यस्तो अवस्थामा विपक्षी दलहरुले आफु विरुद्ध पहिले नै अविश्वासको प्रस्ताव दर्ता गरेमा त्यसलाई असफल बनाउने रणनीतिमा समेत छलफल हुनेछ । स्थायी कमिटी बैठकले नेपाल निकट सांसदहरुलाई कस्तो कारवाही गर्दा पार्टीलाई फाइदा हुन्छ भन्ने विषयमा समेत आंकलन हुने बताइएको छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई नेपाल पक्षमा लाग्न नदिने विषयमा समेत छलफल हुनेछ । हिजो मात्रै विपक्षी गठबन्धनले माधव नेपाल निकट वाम बुद्धिजीवि डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति गरेका छन् । नेपाल पक्षीय प्रदेशसभा सांसदहरु र स्थानीय तहका प्रमुख उपप्रमुखहरुले देवकोटालाई भोट दिएमा एमालेका उम्मेदवार रामबहादुर थापालाई समस्या पर्ने देखिन्छ ।

अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीलाई आफुखुशी खारेज गर्दै आफु निकट १९ जना नेताहरु समेटेर स्थायी कमिटी गठन गरेका थिए । तिनै १९ सदस्यीय स्थायी कमिटी बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीसहितका नेताहरुले हिजोमात्रै काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुलाई भेट गरेर सहकार्यको प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई