१५ बैशाख २०८१, शनिबार | April 27, 2024

संघीय संसदका चार सांसद र २ कर्मचारीलाई कोरोना संक्रमण



काठमाडौं । संघीय संसद्का चार सांसद सहित २ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार गरिएको पिसिआर परीक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसीलाई कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

सभामुखसहित १२८ जना सांसदको बुधबार पीसीआर परीक्षणका लागि स्वाव लिईएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १ : ३१ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको