३ पुस २०८२, बिहिबार | December 18, 2025

अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका युवा नेताहरु बोलाएर भने- अप्रिय निर्णय नगर्नु



काठमाडौं । नेकपा एमालेको विवादले पार्टी बिभाजनको संघारमा पुगेका बेला पार्टीका दोस्रो पुष्ताका नेताहरु घनिभुत छलफलमा जुटेका छन् । पार्टी एकताका बिषयमा अनुदार मानिएका एमाले महासचिव ईश्वर पोखरेलले नेपाल पक्षका नेता योगेश भट्टराईसँग भएको संबादबाट सुरुभएको भेटवार्ता अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट सम्म पुगेको छ ।

ओली पक्षका नेता पौडेलले बिहिबार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका छन् ।

काठमाडौंको होटल मेरियटमा अर्थमन्त्री पौडेलसँग पाण्डे र बिष्टको आधा घन्टा छलफल भए पनि बैठक परिणाममुखी नबनेको नेता पाण्डेले प्रतिक्रिया दिएका छन् । पौडेलले आमन्त्रण गरेपछि मेरियतमा गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे पौडेललाई भेट्न पुगेका थिए ।

भेटमा नेपाल पक्षले राख्दै आएको अध्यक्ष ओली २ जेठ २०७५ को अवस्थामा फर्किनु पर्ने अडान नेता पाण्डेले राखेका थिए भने अर्थमन्त्री पौडेलले अप्रिय निर्णय नलिन आग्रह गरेका थिए । बुधबार मात्र एमाले महासचिव एवं उप प्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : २५ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,