१७ असार २०८३, बुधबार | July 2, 2026

अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका युवा नेताहरु बोलाएर भने- अप्रिय निर्णय नगर्नु



काठमाडौं । नेकपा एमालेको विवादले पार्टी बिभाजनको संघारमा पुगेका बेला पार्टीका दोस्रो पुष्ताका नेताहरु घनिभुत छलफलमा जुटेका छन् । पार्टी एकताका बिषयमा अनुदार मानिएका एमाले महासचिव ईश्वर पोखरेलले नेपाल पक्षका नेता योगेश भट्टराईसँग भएको संबादबाट सुरुभएको भेटवार्ता अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट सम्म पुगेको छ ।

ओली पक्षका नेता पौडेलले बिहिबार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका छन् ।

काठमाडौंको होटल मेरियटमा अर्थमन्त्री पौडेलसँग पाण्डे र बिष्टको आधा घन्टा छलफल भए पनि बैठक परिणाममुखी नबनेको नेता पाण्डेले प्रतिक्रिया दिएका छन् । पौडेलले आमन्त्रण गरेपछि मेरियतमा गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे पौडेललाई भेट्न पुगेका थिए ।

भेटमा नेपाल पक्षले राख्दै आएको अध्यक्ष ओली २ जेठ २०७५ को अवस्थामा फर्किनु पर्ने अडान नेता पाण्डेले राखेका थिए भने अर्थमन्त्री पौडेलले अप्रिय निर्णय नलिन आग्रह गरेका थिए । बुधबार मात्र एमाले महासचिव एवं उप प्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : २५ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)