११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बाँकेमा रातभरीमा ८ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत कोरोना संक्रमितको गयराती पनि ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना जिल्ला बाहिरका छन् भने ६ जना नेपालगन्ज उपमहानगरका नागरिक हुन् ।

डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बारबर्दिया ६ का ३७ वर्षिय पुरुषको बिहिबार राती ९ बजे मृत्यु भएको छ भने गत बैशाख २ गते भेरी अस्पता भर्ना भएकी टिकापुर कैलालीकी ४८ वर्षिया महिलाको राती ११ः३० बजे मृत्यु भएको छ । त्यसैगरि २३ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ६ की ३४ वर्षिय पुरुषको राती १ः३० बजे, २१ गते भर्ना भएकी ५६ वर्षिया महिलाको राती २ बजे, नेपालगन्ज ३ का ५० वर्षिय पुरुषको बिहान ३ बजे, तथा १६ गते भर्ना भएकी नेपालगन्ज १२ की ६० वर्षिया महिलाको ३ः३० बजे मृत्यु भएको छ । त्यस्तै २१ गते भेरी अस्पताल भर्ना भएकी नेपालगन्ज १० की ५४ वर्षिया महिलाको बिहान ६ बजे तथा २० गते भेरीमा भर्ना भएका नेपालगन्ज ६ का बिहिबार साँझ ६ः५० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १६९ जना पुगेको छ भने जिल्ला बाहिरका १३० जनाले बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ०२ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको