८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती मृत्यु हुनेमा १ जना कोरोना विशेष अस्पतालको आईसीयूमा र २ जना प्रादेशिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बुटवल तामनगरका ६५ वर्षिय पुरुषको राती १ बजे मृत्यु भएको छ । उनी बैशाख २० गते देखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत थिए । त्यसैगरि बैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा १ का ४३ वर्षिय पुरुषको राती २ः२१ मा मृत्यु भएको छ भने बैशाख १९ देखि अस्पतालको इमरर्जेन्सीमा उपचाररत तिलोत्तमा १ की अर्की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : २४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल