४ आश्विन २०८३, आइतबार | September 20, 2026

वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन



बलेवा । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु-याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ ।

शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र वन्यजन्तु कोषसमेतको पहलमा ब्यूरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पतिलगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संवद्र्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गर्ने र प्रभावकारी रुपमा आपसी संवाद, सहकार्य गर्ने जिम्मेवारी ब्यूरोले पाएको छ ।

विसं २०७७ पुस २८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेअनुसार ब्यूरो गठन गरिएको हो । शिकार आरक्ष फैलिएका म्याग्दी र रुकुम पूर्वमा पनि ब्यूरो गठनका लागि सिफारिस गरी विभागमा पठाइएको कँडेलले जानकारी दिए । “यो एउटा एक्शन समिति हो, जसले संरक्षणमा विशेष ध्यान दिएर काम गर्छ”, कँडेलले भने, “शिकार आरक्ष क्षेत्रका वन्यजन्तु, वन पैदावार, वनस्पतिलगायतको संरक्षणमा ब्यूरोले विशेष काम गर्नेछ ।”

ब्यूरोमा जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, कारागार र जिल्ला हुलाक कार्यालयका प्रतिनिधिको सहभागिता रहनेछ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : १९ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै