८ चैत्र २०८२, आइतबार | March 23, 2026

दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु



चितवन । यहाँ रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो ।

यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका-९ का ३४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ः०० बजे मृत्यु भएको हो । उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका-१ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः१० बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका-२ का ५८ वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बिहीबार राति १२ः४० बजे मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै सोही मेडिकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका-९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको आज बिहान ६ः०० बजे मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरेको केही समयमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : ३० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय