२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाँकेमा उपचाररत ५ कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृतक ५ जना मध्य १ जना बर्दिया र ४ जना नेपालगन्ज उपमहानगरका स्थानीय छन् ।

डीसीसीएमसी बाँकेका अनुसार शनिबार साँझ ६ भेरी अस्पताल पु¥याईएका नेपालगन्ज १२ का ६७ वर्षिय पुरुषको अस्पताल पु¥याएको ४५ मिनेटमै मृत्यु भएको थियो । त्यसैगरि बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बर्दिया बढैयाताल ७ का ५२ वर्षिय पुरुषको शनिबार साँझ ७ बजे, २१ गते सोहि अस्पताल भर्ना भएका नेपालगन्ज १ का ६४ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका नेपालगन्ज १० की ३८ वर्षिया महिलाको आज बिहान ४ः३० बजे र बैशाख १४ गते भारतको लखिनपुरमा कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी नेपालगन्ज १४ की ३८ वर्षिया महिलाको बिहान ६ः४५ बजे मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आज मृत्यु भएसागै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १७४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : १४ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र