१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

१ घण्टाभित्र अक्सिजन नझरे धेरै संक्रमितको ज्यान जोखिममा पर्ने लुम्बिनी प्रादेशिक अस्पतालकाे चेतावनी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा १ घण्टाभित्र अक्सिजन उपलब्ध हुन नसके धेरै संक्रमितको हताहती हुन सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालसंग मौज्दात अक्सिजन सकिएको र अव १ घण्टा भन्दा बढी चल्ने अवस्था नभएको भन्दै अस्पतालले १ घण्टाभित्र अक्सिजन नझरे अप्रिय अवस्था आउन सक्ने बताएको हो ।

अस्पतालका प्रवक्ता डा बिष्णु गौतमले १ घण्टालाई मात्र माज्दात अक्सिजनले धान्ने र त्यस भित्र आउन नसके ठूलो जोखिम हुने बताए ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अक्सिजनको तत्काल अभाव हटाउन शंकर अक्सिजनले २३० सिलिण्डर, लुम्बिनी अक्सिजनले ५० र अर्को लुम्बिनी अक्सिजन प्रालीले ५० सिलिण्डर तत्काल उपलब्ध गराउने सहमती भएको थियो ।

तर सहमति अनुसार बिहानै झर्नु पर्ने सिलिण्डर ९ बजेसम्म नझरेपछि जोखिम बढेको डा. गौतमले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ३९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग