२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कारागारमा कोरोना संक्रमणको जोखिम



बैतडी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए ।

कैदीबन्दी बढी हुँदा कोरोना संक्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ । उनले भने, ‘बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ ।’

कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दीहरूको बसोबासको व्यवस्था मिलाइएको छ । उनले भने, ‘संक्रमणको जोखिम बढ्दै गएको छ तर हालसम्म १ जनामा पनि संक्रमण देखिएको छैन ।’

कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा संक्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको छ । २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको छ । रासस

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : १२ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न