१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

तमिलनाडुमा सोमबारदेखि दुई हप्ता लकडाउन



नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने शनिबार घोषणा गरेको छ ।

भारतमा कोभिड-१९ संक्रमण उच्च दरमा रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । उक्त राज्यमा कोभिड-१९ संक्रमितको संख्या अहिलेसम्मकै उच्च (२६ हजार संक्रमित) भेटिएको एक दिनपछि यो निर्णय गरेको हो ।

राज्यका नवनिर्वाचित मुख्यमन्त्री एक के स्टालिनले भने, “तमिलनाडुमा मे १० तारिख बिहान ४ बजेदेखि लागु हुने गरी अति आवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।” तमिलनाडुमा कोभिड-१९ संक्रमितको संख्या उच्च देखिएपछि बन्दाबन्दी ‘अपरिहार्य’ भएका कारण यो निर्णय लिइएको उनले बताए ।

अधिकारीहरूले भने कि तालाबन्दी लगाउने निर्णय एक बैठकमा मुख्यमन्त्रीले प्राप्त गरेको सूचनाको आधारमा लिइएको हो । सरकारले जारी गरेको निर्देशनानुसार बन्दाबन्दीका क्रममा बैंकले ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइनेछ भने खाद्यान्न तथा अति आवश्यक अन्य सेवालाई कोभिड-१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : १५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम