१७ श्रावण २०८३, आइतबार | August 3, 2026

बाँकेमा १४ घण्टा बीचमा ८ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा पछल्लो १४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले शनिबार दिउँसो ३ बजे देखि आईतबार बिहान सम्मको मृत्युको विवरण पठाए अनुसार १४ घण्टाका बीचमा बाँकेमा उपचाररत ८ जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका ३ जनाm दाङ र बर्दियाका २।२ जना र कैलालीका १ जना छन् । बैशाख २१ र २२ गते भेरी अस्पतालमा भर्ना भएका बर्दिया बढैयातालका ६५ वर्षिया महिला र ३० वर्षिया महिलाको शनिबार दिउँसो ३ः२५ र ३ः४० बजे मृत्यु भएको थियो भने २४ गते सोही अस्पताल भर्ना भएकी दाङ दङ्गिशरणका ८५ वर्षिया महिलाको पनि साँझ ५ः३० बजे मृत्यु भएको थियो ।

त्यसैगरि २१ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज १५ का ७३ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १६ गते भेरीमा भर्ना भएकी ५३ वर्षिया महिलाको बिहान २ः३० बजे, २० गते भर्ना भएका लम्की चुहा १ कैलालीका ४३ वर्षिय पुरुषको मध्यराती १ बजे मृत्यु भएको छ । त्यस्तै बैशाख २२ गते नेपालगन्ज मेडिकल कलेज भर्ना भएका दाङ तुलसीपुरका ४१ वर्षय पुरुषको बिहान २ बजे तथा २१ गते मेडिकल कलेज भर्ना भएका नेपालगन्ज ११ का ४३ वर्षिय पुरुषको बिहान ५ः५५ बजे मृत्यु भएको फोकलपर्शन तेज ओलीले बताए ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १८० पुगेको छ भने बाहिरी जिल्लाको मृत्युको संख्या १३६ पुगेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ४८ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले