७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँकेमा १४ घण्टा बीचमा ८ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा पछल्लो १४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले शनिबार दिउँसो ३ बजे देखि आईतबार बिहान सम्मको मृत्युको विवरण पठाए अनुसार १४ घण्टाका बीचमा बाँकेमा उपचाररत ८ जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका ३ जनाm दाङ र बर्दियाका २।२ जना र कैलालीका १ जना छन् । बैशाख २१ र २२ गते भेरी अस्पतालमा भर्ना भएका बर्दिया बढैयातालका ६५ वर्षिया महिला र ३० वर्षिया महिलाको शनिबार दिउँसो ३ः२५ र ३ः४० बजे मृत्यु भएको थियो भने २४ गते सोही अस्पताल भर्ना भएकी दाङ दङ्गिशरणका ८५ वर्षिया महिलाको पनि साँझ ५ः३० बजे मृत्यु भएको थियो ।

त्यसैगरि २१ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज १५ का ७३ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १६ गते भेरीमा भर्ना भएकी ५३ वर्षिया महिलाको बिहान २ः३० बजे, २० गते भर्ना भएका लम्की चुहा १ कैलालीका ४३ वर्षिय पुरुषको मध्यराती १ बजे मृत्यु भएको छ । त्यस्तै बैशाख २२ गते नेपालगन्ज मेडिकल कलेज भर्ना भएका दाङ तुलसीपुरका ४१ वर्षय पुरुषको बिहान २ बजे तथा २१ गते मेडिकल कलेज भर्ना भएका नेपालगन्ज ११ का ४३ वर्षिय पुरुषको बिहान ५ः५५ बजे मृत्यु भएको फोकलपर्शन तेज ओलीले बताए ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १८० पुगेको छ भने बाहिरी जिल्लाको मृत्युको संख्या १३६ पुगेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ४८ बजे

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि