२८ आश्विन २०८३, बुधबार | October 14, 2026

युनिभर्सल मेडिकल कलेज भैरहवाले कारोना संक्रमितको नयाँ भर्ना नलिने, दिईरहेको सेवा पनि कटौटी गरिने



बुटवल । अक्सिजन उपलब्धताको सुनिश्चितता नभएपछि धमाधम निजी समुदायले सञ्चालन गरेका मेडिकल कलेज र अस्पतालहरुले कोरोना संक्रमितको भर्ना बन्द गर्न थालेका छन् । काठमाडौंका ४ अस्पतालले अक्सिजन नभएको भन्दै कोरोना संक्रमितको उपचारबाट पछि हटेको भोलिपल्ट भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले २७ गतेबाट नयाँ कोरोना संक्रमितको भर्ना नलिने सुचना जारी गरेको छ ।

कलेजले आज बिज्ञप्ति प्रकाशित गर्दै अक्सिजनको नियमित आपुर्ति हुन नसक्दा सम्म सिमित शैयाहरुमात्र सञ्चालनमा ल्याउने बताएको छ । दैनिक ७०० थान अक्सिजन सिलिण्डर आवश्यक रहेको कलेजमा अक्सिजनको नियमित आपुर्ति बन्द भएपछि नयाँ भर्ना र प्रदान गरिएको सेवाबाट पनि शैया घटाउने विज्ञप्तिमा उल्लेख छ ।

मेडिकल कलेजमा हाल २०० जना कोरोना संक्रमणका बिरामीहरुको उपचार चलिरहेको जनाउँदै नियमित अक्सिजनको आपुर्ति नहुँदा सम्म सिमित शैयाबाटठ मात्र सेवा दिने कलेजको विज्ञप्तिमा भनिएको छ । कलेजमा हाल उपलब्ध भईरकेको अक्सिजनको परिमाण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : १० बजे

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम