४ आश्विन २०८३, आइतबार | September 20, 2026

सेती प्रादेशिकमा उपचाररत सात जना संक्रमितको मृत्यु



धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

श्रेष्ठकाअनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका-९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ३५ वर्षीया महिला, धनगढी-१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो ।

यस्तै आइतबार नै कैलालीको गोदावरी नगरपालिका-२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ०५ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन