२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रधानमन्त्री केपी ओलीको विश्वासको मत सोमबार नै टुङ्गो लाग्ने, कोरोना संक्रमित सांसदलाई छुट्टै मतदानको ब्यवस्था



काठमाडौं । संघीय संसदको कार्यव्यवस्था परामर्श समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मतको छिनोफानो भोलि नै गर्ने गरि निर्णय गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले अहिलेको अवस्थालाई विशिष्ट परिस्थिति भएको विश्लेषण गर्दै संसद अधिवेशन नै भोलि अन्त्य गर्नेगरि निर्णय गरेको छ।

सोही निर्णय अनुसार सोमबार विश्वासको मतको टुंगो लगाइने गरि संसद सचिवालयले कार्यसुची बनाउने भएको छ । कार्यव्यवस्था परामर्श समितिले कोरोना संक्रमित सांसदलाई मतदानका लागि छुट्टै व्यवस्था गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर छुट्टै मतदान गराउने गरि संसद सचिवालयले व्यास्था मिलाउने गरि निर्णय गरिएको बैठकमा सहभागी एक सांसदले बताए ।

विशेष अधिवेशन प्रयोजनका लागि गरिएको कोरोना परीक्षणमा १ जना राष्ट्रियसभाका सांसद सहित १९ संघीय सांसद संक्रमित फेला परेका थिए। प्रतिनिधिसभाका १८ जनाको शनिबार संक्रमित पुष्टि भएको छ भने यस अघि नै प्रतिनिधि सभाका ६ जना सांसद संक्रमित थिए। एमाले बरिष्ठ नेता एवं सांसद झलनाथ खनाल आजै मात्र कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ५९ बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा