४ पुस २०८२, शुक्रबार | December 20, 2025

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । नेपाली राजनीतिमा देखिएको पछिल्लो उतारचढावकाबीच प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिन लागेका हुन ।

ओलीले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दै छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए । संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसैगरी आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजकै बैठकमा विश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ ।

पछिल्लो राजनीतिक अवस्था हेर्दा प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि चाहिने आवश्यक संख्या भने नपुग्ने देखिन्छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको