४ आश्विन २०८३, आइतबार | September 21, 2026

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । नेपाली राजनीतिमा देखिएको पछिल्लो उतारचढावकाबीच प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिन लागेका हुन ।

ओलीले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दै छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए । संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसैगरी आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजकै बैठकमा विश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ ।

पछिल्लो राजनीतिक अवस्था हेर्दा प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि चाहिने आवश्यक संख्या भने नपुग्ने देखिन्छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ०९ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन