१५ चैत्र २०८२, आइतबार | March 29, 2026

थपियो बाँकेमा निषेधाज्ञा, जेठ ३ गते मध्यराती सम्मका लागि निषेधाज्ञा जारी



नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो ।

बैशाख १३ गतेबाट बाँकेका लागु गरिएको निषेधाज्ञाको अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले एक साताका लागि निषेधाज्ञाको अवधी थप गरेको हो । यस अघि जारी गरिएको आदेश आज राती सकिँदै थियो ।

बाँकेमा पहिलो चरणको निषेधाज्ञाको अवधी पुरा भएपनि जिल्लामा संक्रमित थपिने क्रम रोकिएको छैन भने मृत्युदर पनि उच्च रहेको छ । जिल्लामा अक्सिजनको अभाव र अस्पतालमा बेडको अभावमा संक्रमितहरुले सास्ती ब्यहोरिरहेका छन् । प्रशासनले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ०३ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक