७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीलाई संसद समक्ष विश्वासको मत माग्ने नैतिक अधिकार छैन : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई वर्तमान संसद समक्ष बिश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्रीले बिश्वासको मत लिनका लाथि बोलाईएको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफैले विघटन गरेर संसद मरेको घोषणा गर्ने प्रधानमन्त्रीले त्यही संसदसँग बिश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताए ।

पार्टी भित्रको लोकतान्त्रिक बहस, छलफल र आलोचनालाई पार्टीको कचिङ्गल भन्दै प्रधानमन्त्री ओलीले देश प्रति न्याय नगरेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले केपी ओलीले आफ्नो ३ वर्षे कार्यकालमा कम्युनिष्ट एकता क्षतविच्छेद पारेको, संबिधान चिथोरिएको कोपरिएको अवस्थामा पुगेको बताए । उनले सरकारका गतिबिधिले संबिधानलाई पनि कोरोना संक्रमण भएको र आईसीयूमा पु-याईएको अवस्था रहेको पनि आरोप लगाए ।

प्रधानमन्त्रीले आफुलाई राष्ट्रिय संकटको आरोप लगाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीकै कारण संविधानमा संकट, राष्ट्रिय स्वाधिनतामा संकट , लोकतान्त्रि प्रणालीमा संकट, कम्युनिष्ट एकतामा संकट आएका कारण प्रधानमन्त्री केपी ओली स्वयं राष्ट्रिय संकट भएको जिकिर गरे ।

बाम गठबन्धन र कम्युनिष्ठ एकता र स्थिर राजनितीको सपनालाई प्रधानमन्त्रीले डे वान देखिनै टुहाउने काम गरेको भन्दै उनले सुन्दर सपना बुनेर बनाइएको संविधानलाई ओलीका कारण संसदलाई सांसद खरिद बिक्रिको थलो बनाईन खोजेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ४९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११