१८ असार २०८३, बिहिबार | July 2, 2026

माधव नेपालले प्रष्ट्याए संसदमा अनुपस्थित हुनुको कारण (विज्ञप्ति सहित)



काठमाडौं । संसदको बैठकमै अनुपस्थित भएर प्रधानमन्त्री केपी ओलीले संसदसँग मागेको विश्वासको मतलाई असफल बनाएलगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनुको कारण सार्वजानिक गरेका छन् । सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्त जारी गर्दै वरिष्ठ नेता नेपालले देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आफूहरुले विश्वासको मत नदिने निर्णय गरेको बताएका छन् ।

विज्ञप्तिमा नेपालले ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताए । ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएको उनको आरोप थियो । पटक पटक पार्टी भित्र एकता कायम गर्न प्रयास गर्दापनि अध्यक्ष ओलीले बेवास्ता गरेपछि बाध्य भएर मत नदिने निर्णय गर्नु परेको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतले एमाले पार्टीलाई पुर्ववत अवस्थामा पु¥याईदिएपछि स्वाभाविकरुपमा पूर्ववत कमिटीहरु ब्युँतिनुपर्नेमा २०७७ फागुन २८ गते आफ्नो गुटका सिमित ब्यक्तिहरुलाई बोर्लार नर्वौ महाधिवेशनले निर्वाचित गरेको कमिटीहरुलाई भङ्ग गर्ने काम बाट ओलीले पार्टीमा विभाजन ल्याएको नेपालले आरोप लगाएका छन् ।

विज्ञप्तिमा अध्यक्ष ओलीलाई फेरी एकपटक देश, जनता र पार्टी प्रति जिम्मेवार भएर सोँच्न, देशको संविधान र पार्टीको बिधानको सम्मान गर्न विगतका गल्तीहरुलाई सच्याउन नेपालले आग्रह गरेका छन् । ‘पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न, राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गदछौं ।’ विज्ञप्तिको अन्तमा लेखिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : २० बजे

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

तानसेन । पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ