४ पुस २०८२, शुक्रबार | December 19, 2025

आगामी ३ हप्ता अत्यन्तै कठिन हुने जनस्वास्थ्यविद्को चेतावनी, घर बाहिर ननिस्कन सुझाव



काठमाडौं । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना महामारी बढ्दै गएकाले आगामी ३ हप्ता अत्यन्तै कठिन हुने देखिएको बताएका छन्। डा. पाण्डेले आगामी ३ हप्ता घरभित्रै बस्न र अति सुरक्षा अपनाउन सबैलाई सुझाव दिएका छन्।

खाद्यान्न जस्ता अत्यावश्यक सामान पनि सकभर दैनिक नकिन्न र आगामी ३ हप्ता भेटघाट बन्द गर्न उनले अनुरोध गरेका छन्।

‘आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था छ, दुःख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं,’ उनले भनेका छन्, ‘जीवनको तुलनामा दुःख सानो हो।’

पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भन्ने सम्झेर निस्किनै परे डबल मास्क लगाएर र ६ फिटभन्दा धेरै दूरी कायम गरेर गरेर मात्र निस्किन डा पाण्डेले नागरिकलाई सुझाएका छन् । यस्तै उनले हात साबुनपानी र स्यानिटाइजरले सफा गरिरहन पनि सुझाव दिएका छन्।

उनले यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न सबैलाई चेतावनी समेत दिएका छन्।‘ यो ३ हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ,’ डा. पाण्डे लेख्छन्, ‘रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ।’

उनले भनेका छन्, ‘सरकारले कडाइ गरेको हाम्रै लागि हो। हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं।’

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको