२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बाबुराम भट्टराईको प्रस्ताव : सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउँ, एक वर्षभित्र चुनाव गरौं



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

बुधबार बिहान ट्वीट गर्दै भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन दलहरुलाई बिहीबारसम्म दिएको समयकै बीचमा जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले नयाँ प्रस्ताव अघि सारेका हुन् ।

भट्टराईले देशको संकट हल गर्न ४ वटा सुझाव प्रस्तुत गरेका छन् । पहिलो सुझावमा धारा ७६ २ बमोजिम सबै दलको सहभागितामा पूर्व प्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका छन् ।

जसपाभित्रै उपेन्द्र यादव र भट्टराई स्वयंको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ सरकारमा समर्थन रहेको छ । देउवाले नयाँ सरकार गठनका लागि पहल गरिरहेका छन् । तर, जसपाकै महन्थ ठाकुर पक्षले समर्थन नगरेसम्म नयाँ सरकार बन्ने सम्भावना देखिँदैन ।

भट्टराईले भने यसअघि प्रधानमन्त्री भैसकेका व्यक्तिहरुबाहेक नयाँ व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले त्यो सरकारलाई सहयोग गर्न दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरु रहेको निर्देशक समिति बनाउन प्रस्ताव गरेका छन् ।

यसैगरी भट्टराईले सो सरकारले एक वर्ष भित्र चुनाव गराउने, सरकार संचालन गर्न न्यूनमत कार्यक्रम (कोभिड नियन्त्रण), टीआरसी मुद्दा, संविधान संशोधन, आर्थिक राहत इत्यादी लागु गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ३९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार