१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अस्पतालमा धमाधम मृत्यु भएको देखेर डरले डिस्चार्ज भएका संक्रमितको घर पुगे लगत्तै मृत्यु



बर्दिया । अस्पतालमा धमाधम कोरोना संक्रमितको मृत्यु भएको देखेपछि त्रसित बनेर घरै उपचार गर्ने गरि लगिएका एकजना कोरोना संक्रमितको घर पुगे लगत्तै मृत्यु भएको छ । बर्दिया राजापुरबाट कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज भर्ना भएका ती बिरामीको अस्पतालबाट डिस्चार्ज लिएर घर पुगे लगत्तै मृत्यु भएको हो ।

राजापुर ४ का ५५ वर्षिय कोरोना संक्रमित चुन्ना अन्सारी बैशाख २१ गते भेरी अस्पताल भर्ना भएकोमा अस्पतालमा गम्भिर प्रकृतिका बिरामीहरुको धमाधम मृत्यु हुन थालेपछि ती बिरामीका आफन्तले अस्पतालसँग डिस्चार्ज मागेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमै राख्न आवश्यक रहेपनि बिरामीका आफन्तले होम आइसोलेशनमा राखेर उपचार गराउने भन्दै डिस्चार्ज मागे पछि अस्पतालले गत २७ गते डिस्चार्ज दिएको अस्पतालल स्रोतले जनाएको छ । अस्पतालबाट घर पुगेको राती नै उनको मृत्यु भएको थियो । तर मृतक संक्रमितका एकाघरकी छोरी रोसना अन्सारीले भने पटक पटक बेडमा छट्पटाईरहेका बुवालाई हेरिदिन आग्रह गर्दा पनि डाक्टर हेर्न नआएपछि आफुले डिस्चार्ज मागेको बताएकी छिन् ।

मध्यराती बुवालाई गारो भएपछि डाक्टर बोलाईदिन धेरै पटक आग्रह गर्दा पनि ड्युटीमा रहेका नर्शहरुले नबोलाईदिएको अन्सारीले गुनासो गरिन् । ‘राती नर्शले आएर अक्सिजनको मास्क त फेरिदिए, तर डाक्टर बोलाईदिएनन् ।’ उनले भनिन्, ‘बिहान डाक्टर त आए तर बुवालाई हेरेनन् । हेरिदिन आग्रह गर्दा नर्शले हेर्छन भनेर गए ।’

अस्पतालमा राखेर बुवालाई बचाउन सकिने अवस्था नदेखिएपछि आफुले डिस्चार्ज मागेको अन्सारीले बताईन् । अन्सारी राजापुर स्थित प्राथमिक उपचार केन्द्रकी कर्मचारी हुन् ।

भेरी अस्पतालले भने अन्सारीले लगाएको आरोपको खण्डन गरेको छ । मृतक चुन्ना अन्सारीलाई डाक्टर सहितको टिमले सके जति उपचार गरेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए । सबै संक्रमित जस्तै उनलाई पनि श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टर सहितको टोलिले अधिकतम प्रयास जारी राख्दा राख्दै उनका परिवारका सदस्यले जसरी पनि बुवालाई बचाउनै पर्छ भन्दै वार्ड भित्रै रुने कराउने गरेको डा. थापाले बताए । ‘नर्शहरुलाई नै दुब्र्यवहार गर्दै म आफै मेरो बुवाको उपचार गर्छु भनेर डिस्चार्ज गरेर लगेकी हुन् । अस्पतालले सकेको जति सेवा दिएकै हो ।’ डा. थापाले भने ।

वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ०६ बजे

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र