७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमितको उपचार आफै गर्न बाँकेका प्रजिअ र एसपीलाई भेरी अस्पताल विकास समिति अध्यक्षको चुनौती



नेपालगन्ज । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले कोरोना संक्रमितको उपचार गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रहरी उपरिक्षकलाई चुनौती दिएका छन् । अस्पतालको क्षमता भन्दा बढी संक्रमितलाई उपचार गर्न बाध्य पारिएको आसयका साथ आज साँझ धितालले सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटसमा अस्पतालको क्षमताभन्दा बढीको उपचार गर्न नसकिने स्पष्ट पारेका छन् ।

उनले भेरी अस्पतालको अक्सिजन क्षमता अनुसार कोभिड बिरामी उपचार गर्न सक्ने १४२ बेड मात्रै भएको र १४२ संक्रमितको मात्र उपचार गर्न सकिने भन्दै त्यसभन्दा बढीको उपचार बाँकेका एसपी र सीडीओलाई गर्न चुनौती दिएका छन् ।

 

अस्पतालमा कोरोना वार्डका लागि १४२ बेड मात्र तयार गरिएपनि हाल भेरी अस्पतालमा ३०० बढी कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पताल विकास समितिका अध्यक्षको जिम्मेवारीमा रहेका ब्यक्तिले अस्पतालको क्षमता बृद्दी गर्न सबैसँग समन्वय र सहकार्य गर्नु पर्नेमा प्रशासकहरुसँग निहु खोजेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको आलोचना गरेका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई