१८ असार २०८३, बिहिबार | July 2, 2026

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक  जारी छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुरु बसिरहेको बैठकमा नयाँ सरकार गठनबारे भैरहेको प्रयासबारे छलफल हुने बताइएको छ ।

बहुमतीय सरकार गठनको समयसीमा सकिन अब केही घण्टामात्र बाँकी रहेको छ । तर अझै पनि कसरी सरकार गठन हुनसक्छ भनेर प्रष्ट भैसकेको छैन ।

पदाधिकारी बैठकअघि सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछ्ट्टै छलफल गरेका थिए ।

जसपाको ठाकुर पक्ष सरकार गठनमा असहयोगी बन्ने भएपछि प्रधानमन्त्रीको नेतृत्वका लागि प्रयास गरेका देउवासामु अब एमालेको माधव नेपाल पक्षको मात्रै भर बाँकी छ । नेपाल पक्षेले पनि सांसदपदबाट सामुहिक राजीनामा दिने सम्भावना टर्दै गएको छ ।

नेपाल पक्षले राजीनामा नदिए बहुमतको दाबी गर्न अघि नसर्ने कि भन्ने विषयमा समेत कांग्रेस पदाधिकारी बैठकमा छलफल हुनेछ ।

 

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ४ : ४६ बजे

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि