१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बैंकले अत्यावश्यक बाहेकका सेवा नदिने, डिजिटल कारोबार गर्न सुझाव



काठमाडौं‌ । बैंकहरुले अत्यावश्यक बाहेकका बाहेकका सेवा नदिने भएको छ । नेपाल बैंकर्स संघले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न आग्रह गरेको छ ।

‘डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंकले ५० हजार भन्दा माथिको रकम जम्मा गर्नमात्रै बैंकमा आउन आग्रह गरेको छ । यसबाहेक खाताबाट नगद झिक्ने, रेमिट्यान्स, आरटीजीएस र अन्तर्राष्टिय व्यापार सम्बन्धी सेवा मात्रै दिने निर्णय गरेको छ ।

यस बाहेकका कामहरुका लागि डिजिटल कारोबार रोज्न संघको आग्रह छ । यस्तै बैंकका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ ।

ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरन्तर रहने संघले जनाएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : ०७ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल