१२ बैशाख २०८१, बुधबार | April 24, 2024

मिस्ट्री खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा



म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो । आयोजनाका तीन वटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर दिवाकर खड्काले जानकारी दिए ।

नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षणसफल भएको थियो । परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दिपककुमार शाहले बताए ।

यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन शुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि करिब डेढ महिना पछाडि धकेलिएको हो ।

विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०।५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रुपैयाँ रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : २४ बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना