१५ चैत्र २०८२, आइतबार | March 30, 2026

लुम्बिनी प्रादेशिक अस्पतालले घटायो पीसीआर परीक्षण शुल्क



बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुको प्रयोगशालाहरुको शुल्क निर्धारण गरेपनि बिभिन्न कारणहरु देखाउँदै सरकारी निर्णयको बेवास्ता गर्दै आएको लुम्बिनी प्रादेशिक अस्पतालले आजबाट पीसीआर शुल्क घटाएको छ । लामो समयदेखि सरकारको निर्णय बिपरित २ हजार रुपैयाँ लिँदै आएको अस्पतालले आजबाट शुल्क घटाएर १ हजार बनाएको छ ।

अस्पतालको आन्तरिक स्रोत लगायतको कारण देखाउँदै मन्त्रालयको निर्णय अवज्ञा गर्दै आएको अस्पताल विकास समितिले प्रदेश सरकारको समेत दवाव आएपछि आजबाट लागु हुने गरि घटाएको हो । मन्त्रालयले सरकारी अस्पतालहरुमा लक्षण सहितको संक्रमितलाई निशुल्क र उनीहरुको सम्पर्कमा आएकाहरुको निशुल्क पीसीआर परीक्षण गर्न निर्देशन गरेको थियो । नेपालका अधिकांस सरकारी अस्पतालहरुले लक्षण सहितका संक्रमितको निशुल्क परीक्षण गरेपनि सम्पर्कमा आएकाको तथ्यांक लिने र निशुल्क ब्यवस्थापन भने गरेका थिएनन् ।

सरकारी अस्पतालमा एकैपटक स्वचालित एक्सट्राक्सन किट सकिएका कारण पछल्लो समय पीसीआर परीक्षण समेत निकै कम परिमाणमा हुँदै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ०६ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा