१२ बैशाख २०८१, बुधबार | April 24, 2024

माधव नेपालले गरे आफुपक्षीय शीर्ष नेताहरुको बैठक, २ बजे केन्द्रीय सदस्यसँग छलफल गर्दै



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु निकट स्थायी कमिटी सदस्यहरुसँग बैठक गरेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे नेपालले नेताहरुलाई जानकारी राएका छन् । ओलीसँग २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी सहमति भएको थियो । दुवै पक्षबाट पाँच पाँच जना रहने गरी बन्ने कार्यदलमा आफ्नोतर्फबाट को को बस्ने भन्ने बारेमा नेपाल पक्षीय नेताहरुले यही बैठकबाट तय गर्नेछन् ।

ओलीसँग सहमति भएपछि सामुहिक राजीनामाको अल्टिमेटम दिँदै बार्गेनिङ गरेका नेपाल पक्षको राजीनामा यात्रा रोकिएको थियो । नेपालले स्थायी कमिटीका नेताहरुसँग छलफल पछि आफु निकट केन्द्रीय सदस्यहरुलाई ओलीसँग भएको सहमतिबारे २ बजे सामुहिक रुपमा जानकारी गराउने भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : २५ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न