१५ चैत्र २०८२, आइतबार | March 29, 2026

ओली-नेपालबीच आज पनि भेटवार्ता हुँदै



काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ ।

दुई नेताबीच आज साँझ भेटवार्ताको समय तय गरिएको एमालेको उच्च स्रा्तले जनाएको छ । एमालेको विवाद टुंगो लगाउन तथा बुधबार भएका सहमती कार्यान्वयनमा भेटवार्ता केन्द्रीत हुने बताईएको छ । बुधबार दुई नेताबी भएको भेटवार्तामा पार्टी विवाद मिलाउन कार्यदल बनाउने सहमती भएको थियो ।

नेपाल पक्षले उठाउँदै आएको पार्टीलाई २ जेठ ०७५ अघिको अवस्थामा पु¥याउन ओली सहमत भएपछि राजीनामाको तयारमा रहेका नेपाल पक्षका सांसदहरुको राजीनामा रोकिएको थियो । तर सहमतीमा संगठनलाई पुरानो अवस्थामा फर्काउन एक कार्यदल बनाउने र सोही कार्यदलको सुझावका आधारमा अगाडि बढ्ने नेताहरुका बीच सहमती भएको बताईएको थियो ।

प्रधानमन्त्री ओली भेट्नु अघि नेपालले आफु निकट नेताहरुसँग छलफल गरेका छन् । कार्यदलमा बस्ने नेपाल पक्षको नेताहहरुको बिषयमा नेपालले आफु निकट नेताहरुसँग छलफल गरेका थिए ।

अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेललगायतका नेता रहने बताईएको छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोर्कण विष्टलगायतका नेताहरुको नाम चर्चामा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : ०५ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा