५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री अक्सिजन सिलिण्डर खोज्दै ‘कवाडी’ गोदाममा



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अक्सिजन सिलिन्डर खोज्दै कवाडी गोदाम पुगेका छन् ।

कोभिड-१९ को महामारी चलेको बेला लुम्बिनी प्रदेशमा अक्सिजनक‍ो चरम अभाव भई विरामीहरू मृत्यु हुन थालेपछि मन्त्री श्रेष्ठ आफै सिलिण्डर खोज्न निस्केका हुन् । मन्त्रालयले यस अघि घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । अक्सिजन अभाव भएको बेला मन्त्री श्रेष्ठले शुक्रबार बुटवल ८ सुख्खानगरमा रहेको एक कवाडी संकलन केन्द्रमा ६ थान अक्सिजन सिलिण्डर भेटेका छन् ।

सिलिण्डर भेटिने सम्भाब्य स्थान खोज्दै निस्केका मन्त्री श्रेष्ठ सहितको टोलिले सो कवाडी पसलमा ठूलो साईजको अक्सिजन सिलिण्डर फेला पारेको थियो । कवाडी संकलन केन्द्रका सञ्चालकसंग भर्पाइ गरेर अक्सिजन सिलिन्डर उठाईएको छ ।

मन्त्रालयका अधिकारी तथा प्रहरी सहित शुक्रबार दिउँसो कवाडी संकलन केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिदै भने- ‘हिजो अपिल गरिए बमोजिम अक्सिजन सिलिन्डरको खोजिमा लागेको छु, प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय निकायहरु जनताको स्वास्थ्य उपचार विशेषगरी अक्सिजन जुटाउन लाग्नु भएको छ ।’ उनले थपे- ‘कृपया तपाईंसंग रहेका अक्सिजन सिलिन्डर अस्पतालमा बुझाउनु होस् तपाईंले बुझाएमा कसैको ज्यान बाँच्छ ।’

मन्त्री श्रेष्ठले पछिल्लो समय अक्सिजनको अभाव भएको बेला अस्पताल, अक्सिजन उत्पादन केन्द्र, सप्लायर्सहरू देखि लिएर कवाडी संकलन केन्द्रमा समेत अनुगमनमा सक्रियता देखाएका छन् ।

कोरोना महामारी बढिरहेको बेला लुम्बिनी प्रदेशमा अक्सिजनको चरम अभाव भएको छ । निरोगी मानिसहरूले पनि बिरामी भएमा चाहिन्छ भनेर अक्सिजन सिलिन्डर किनेर भण्डारण गरेका कारण बजारमा अक्सिजन सिलिन्डरको अभाव भएको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : १३ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन