२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो



जाजरकोट । कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए । जाजरकोटमा कोरोनाले दुइ जनाको मृत्यु भइसकेको छ ।

जिल्ला अस्पतालमा १०३ आइसोलेसन शय्या, आइसियू कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ५४, एचडीयू १, अक्सिजन सहितको शय्या ३३ र साधारण आइसोलेसन ३३ छ । थप अक्सिजन सिलिण्डर खरिद गर्न वुधबार बोलपत्र आह्वान गरिएको छ ।

त्यस्तै छेडागाड नगरपालिकाले १५ शय्याको कोभिड आइसोलेसन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए । प्रत्येक पालिकाले १५ शय्याको आइसोलेसन बनाउने योजना बमोजिम काम भइरहेको छ । प्रत्येक पालिकाले अक्सिजन सिलिण्डर खरिद गरिरहेका छन् ।

भेरी नगरपालिकाले सङ्क्रमित बिरामीलाइ ओसारपसार गर्न नेपाल रेडक्रस सोसाइटीको एम्वुलेन्स असारसम्मलाई भाडामा लिएको छ । स्वाव सङ्कलन, कन्टयाक्ट टे«सिङ, कोरोना अनुगमनको लागि नगरप्रमुख चढ्ने गाडी प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए। नगरपालिकाले एम्वुलेन्स र शववाहन खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

दुइ दिनको तलवभत्ता कोभिडमा

यसै बीच भेरी नगरपालिकाले जनप्रतिनिधी, शिक्षक र मातहतका सबै कर्मचारीको दुई दिनको तलब सुविधा कटाएर विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ ।

त्यसरी कटाईएको तलब रकम सात लाख भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महमारीमा खटिने स्वास्थ्यकर्मीको भने तलब सुविधा कटाएको छैन । बढ्दो जोखिम नियन्त्रण गर्न सङ्क्रमितका लागि अक्सिजन सिलिन्डर सहितको १४ शय्याको आइसोलेसन कक्ष, नौ वटा सिलिन्डरको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । गत वैशाख १३ यता नगरपालिकाले आठ सय ३८ जनाको परिक्षण गरेकोमा दुई सय ६१ जना पोजेटिभ भएकोमा ५६ जनाले कोरोना जितेर गएको जनस्वास्थ्य निरीक्षक निशा थापाले बताइन ।

महामारी र सङ्क्रमितको अवस्थालाई ध्यानमा राखी आवश्यक औषधि तथा सुरक्षाका सामग्री स्यानिटाइजर, मास्क, व्यक्तिगत सुरक्षा सामग्री लगायतका सामग्री नगरपालिका मातहतका पाँच स्वास्थ्य चौकी र सात आधारभुत वडा स्वास्थ्य सेवा केन्द्रमा वितरण गरिएको नगरस्वास्थ्य शाखाका दिपक ओलीले जानकारी दिए ।

परिक्षण गर्ने किटको अभावमा दायरा बढाउन समस्या भएपनि पहल भैरहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ९ : ३४ बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०