१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर ल्याइयो



हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ ।

अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो ।

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यसले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन उपलब्ध गराउन सक्छ।

उनकै पहलमा छिमेकी जिल्लाबाट केही थान अक्सिजन सिलिण्डर आइपुगेको छ । थप सिलिण्डरहरु आउने बताइएको छ ।अस्पतालमा अक्सिजनको कमी भएर सङ्क्रमितको ज्यान जाने अवस्था सृजना भएपछि मुख्यमन्त्री पौडेल दिनभर अक्सिजनको व्यस्थापन कार्यमा लागेका थिए ।

नीजि अस्पतालले विरामी उपचार गर्न नसक्ने

बागमती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालीत चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिड १९को बिरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ ।

दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिण्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  १० : १३ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी