१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सरकारी अस्पतालले पनि रोके कोरोना संक्रमितको भर्ना



सुर्खेत । अक्सिजनको अभाव देखाउँदै निजी अस्पतालहरुले सुरु गरेको भर्ना रोक्ने अभियानलाई सुर्खेतमा सरकारी अस्पतालले पनि निरन्तरता दिएको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले अक्सिजनको अभाव देखाउँदै थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा शनिबारदेखि कारोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो ।

नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र स्थानीय प्रशासनले बाहिरी जिल्लामा अक्सिजन पठाउन रोक लगाएको भन्दै कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । निर्देशक खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ ।’

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अन्य बिरामीलाई अक्सिजन सिलिन्डर दिन आवश्यक रहेको निर्देशक खड्काले बताएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  १० : ३६ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो