१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सरकारी अस्पतालले पनि रोके कोरोना संक्रमितको भर्ना



सुर्खेत । अक्सिजनको अभाव देखाउँदै निजी अस्पतालहरुले सुरु गरेको भर्ना रोक्ने अभियानलाई सुर्खेतमा सरकारी अस्पतालले पनि निरन्तरता दिएको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले अक्सिजनको अभाव देखाउँदै थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा शनिबारदेखि कारोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो ।

नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र स्थानीय प्रशासनले बाहिरी जिल्लामा अक्सिजन पठाउन रोक लगाएको भन्दै कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । निर्देशक खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ ।’

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अन्य बिरामीलाई अक्सिजन सिलिन्डर दिन आवश्यक रहेको निर्देशक खड्काले बताएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  १० : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम