७ आश्विन २०८३, बुधबार | September 23, 2026

मेडिकल कलेज कोहलपुरमा सुरु भयो ३० रुपैयाँ छाक खानाको कार्यक्रम, के एल दुगड ग्रुपले दियो २ महिनालाई पुग्ने खाद्यान्ह



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्ह के एल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै नेकपा एमालेले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि एमालेले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएको छ । प्रत्येकदिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याईएको एमाले बाँकेका नेता अशोक कोईरालाले जानकारी दिए । ‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराईरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ।’ नेता कोईरालाले भने ।

सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि ब्यवस्थापन गरिएको नेता कोइरालाले बताए । कोइरालाका अनुसार सहलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपको मुख्य सहयोग रहेको छ भने अन्य बाँकेका उद्योगीहरुले पनि सहयोग गरेका छन् ।

संक्रमित र संक्रमितका कुरुवाले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराईएको के एल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेडले बताए । ‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, एमालेका साथीहरुले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौं भन्यौं ।’ छाजेडले भने ।

नेपालगन्जको भेरी अस्पतालमा मित्र मण्डलीले कोरोनाको पहिलो लहरबाटै सुरु गरिएको २० रुपैयाँ छाक खानाको ब्यवस्था अहिले पनि जारी रहेको छ । बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरुले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ११ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई