१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

मेडिकल कलेज कोहलपुरमा सुरु भयो ३० रुपैयाँ छाक खानाको कार्यक्रम, के एल दुगड ग्रुपले दियो २ महिनालाई पुग्ने खाद्यान्ह



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्ह के एल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै नेकपा एमालेले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि एमालेले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएको छ । प्रत्येकदिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याईएको एमाले बाँकेका नेता अशोक कोईरालाले जानकारी दिए । ‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराईरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ।’ नेता कोईरालाले भने ।

सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि ब्यवस्थापन गरिएको नेता कोइरालाले बताए । कोइरालाका अनुसार सहलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपको मुख्य सहयोग रहेको छ भने अन्य बाँकेका उद्योगीहरुले पनि सहयोग गरेका छन् ।

संक्रमित र संक्रमितका कुरुवाले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराईएको के एल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेडले बताए । ‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, एमालेका साथीहरुले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौं भन्यौं ।’ छाजेडले भने ।

नेपालगन्जको भेरी अस्पतालमा मित्र मण्डलीले कोरोनाको पहिलो लहरबाटै सुरु गरिएको २० रुपैयाँ छाक खानाको ब्यवस्था अहिले पनि जारी रहेको छ । बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरुले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ११ : ५४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम