७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

रुपन्देहीमा सेनाको हेलिकप्टरमा आजपनि आयो १२० सिलिण्डर अक्सिजन, सडकमार्गबाट १०४ थान आईतबार आईपुग्ने



बुटवल । रुपन्देहीमा देखिएको अक्सिजन अभावलाई कम गर्न आजपनि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर झारिएको छ । बिराटनगर, सिमरा र चितवनका अस्किसजन प्लान्टहरुबाट रुपन्देहीका लागि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याईएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदीका अनुसार अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको पहल तथा सीसीएमसीको सहकार्यमा समन्वयमा बुटवल धागो कारखाना प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवाका लागि एयर लिफ्ट मार्फत १२० वटा भरी अक्सिजन सिलिण्डर आज आईपुग्ने छ ।

आज आईपुग्ने १२० सिलिण्डर मध्य ६० थान आईसकेको र ६० थान साँझसम्ममा आईपुग्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । थप १०४ थान भरी सिलिण्डर सडक यातायात हुँदै भेलि बिहान सम्म बुटवल आईपुग्ने तामाङले बताए ।

जिल्लामा अक्सिजनको अभावका कारण संक्रमितहरुको मृत्युदर बढ्न थालेपछि जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले लगातार केन्द्रिय सीसीएमसी, रुपन्देहीबाटै निर्वाचित अर्थमन्त्री पौडेल लगायतलाई आग्रह गरेपछि सो परिमाणको अक्सिजन ल्याउन सकिएको प्रजिअ तामाङले बताए ।

अक्सिजनको केहि सहजता भएसँगै रुपन्देहीमा मृत्युदर पनि घटेको देखिएको छ । अस्पतालहरुले भने अहिले पनि अक्सिजनका सिलिण्डरहरु ब्यक्तिको घरमा होल्ड भएको, असुरक्षित तरीकाले अक्सिजन प्रयोग गर्दा जोखिम बढेको तथा अक्सिजन अझै पर्याप्त हुन नसकेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : ५९ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा