१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रुपन्देहीमा सेनाको हेलिकप्टरमा आजपनि आयो १२० सिलिण्डर अक्सिजन, सडकमार्गबाट १०४ थान आईतबार आईपुग्ने



बुटवल । रुपन्देहीमा देखिएको अक्सिजन अभावलाई कम गर्न आजपनि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर झारिएको छ । बिराटनगर, सिमरा र चितवनका अस्किसजन प्लान्टहरुबाट रुपन्देहीका लागि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याईएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदीका अनुसार अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको पहल तथा सीसीएमसीको सहकार्यमा समन्वयमा बुटवल धागो कारखाना प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवाका लागि एयर लिफ्ट मार्फत १२० वटा भरी अक्सिजन सिलिण्डर आज आईपुग्ने छ ।

आज आईपुग्ने १२० सिलिण्डर मध्य ६० थान आईसकेको र ६० थान साँझसम्ममा आईपुग्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । थप १०४ थान भरी सिलिण्डर सडक यातायात हुँदै भेलि बिहान सम्म बुटवल आईपुग्ने तामाङले बताए ।

जिल्लामा अक्सिजनको अभावका कारण संक्रमितहरुको मृत्युदर बढ्न थालेपछि जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले लगातार केन्द्रिय सीसीएमसी, रुपन्देहीबाटै निर्वाचित अर्थमन्त्री पौडेल लगायतलाई आग्रह गरेपछि सो परिमाणको अक्सिजन ल्याउन सकिएको प्रजिअ तामाङले बताए ।

अक्सिजनको केहि सहजता भएसँगै रुपन्देहीमा मृत्युदर पनि घटेको देखिएको छ । अस्पतालहरुले भने अहिले पनि अक्सिजनका सिलिण्डरहरु ब्यक्तिको घरमा होल्ड भएको, असुरक्षित तरीकाले अक्सिजन प्रयोग गर्दा जोखिम बढेको तथा अक्सिजन अझै पर्याप्त हुन नसकेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : ५९ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो